Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivities‘कर्मयोद्धासँग शब्दसंवाद’ फेरि

‘कर्मयोद्धासँग शब्दसंवाद’ फेरि

शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को दोस्रो चरण प्रारम्भ हुने भएको छ । आगामी साउनको पहिलो शुक्रबारदेखि उक्त कार्यक्रम प्रारम्भ हुने भएको हो । कार्यक्रम साविकझैँ हरेक शुक्रबार दिउँसो ३ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा हुनेछ ।
प्रथम चरणमा ५० जना कर्मयोद्धाहरू कार्यक्रममा प्रस्तुत हुनुभएको थियो । त्यस चरणका वक्ता र वक्तृताका विषयमा पूर्वघोषणाअनुसार ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक पुस्तक प्रकाशन भई सार्वजनिक पनि भइसकेको छ ।