Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्राले घरजग्गा भोग गरोस्

शब्दयात्राले घरजग्गा भोग गरोस्

शब्दयात्रा प्रकाशनका कार्यक्रमहरू देखेर म अत्यन्त प्रभावित बनेको छु । यस संस्थाका कार्यक्रमहरू धेरै छन् । अधिकांश कार्यक्रममा मेरो पनि सहभागिता रहने गरेको छ । यस संस्थाले सुभाष स्मृति प्रतिष्ठानका कार्यक्रमहरूलाई पनि सघाइरहेको छ । २०७५ सालको सामाजिक जागरण सम्मान सुभाष स्मृति प्रतिष्ठानलाई प्रदान गरेकोमा संस्थाको अध्यक्षका नाताले सबै पदाधिकारी र सदस्यहरूका तर्फबाट म शब्दयात्रा प्रकाशनलाई हार्दिक आभार व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशनले अनेक प्रकारका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । पछि पनि थपिँदै जालान् । कुनै दिन हाम्रा दुवै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने अवसर पनि आउन सक्ला । त्यस्ता खालका कुनै पनि कार्यक्रम गर्न ठाउँ चाहिन्छ । हामीसँग पनौती बजारको नजिकै एक रोपनी जग्गा छ र त्यसभित्र दुईतले घर पनि बनेको छ । त्यहाँ कार्यक्रम गर्नका लागि पर्याप्त ठाउँ पुग्छ । शब्दयात्रा प्रकाशनका लागि त्यो जग्गा र घर कुनै पनि कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्छ भने हामी निःशुल्क उपलब्ध गराउन तयार छौँ । शब्दयात्रा प्रकाशनले त्यो घरजग्गा आवश्यक परेको समयसम्म निःशुल्क भोग गर्न सक्छ । त्यसैले शब्दयात्रा प्रकाशनले पनौतीबाट पनि कुनै कार्यक्रम सञ्चालन गर्न थालोस् भन्ने आग्रह गर्दछु । (२०७५ जेठ ३१ गते सम्पन्न शब्दयात्रा प्रकाशनको कायक्रममा अभिव्यक्त मन्तव्य)