शब्दयात्रा प्रकाशनका कार्यक्रमहरू देखेर म अत्यन्त प्रभावित बनेको छु । यस संस्थाका कार्यक्रमहरू धेरै छन् । अधिकांश कार्यक्रममा मेरो पनि सहभागिता रहने गरेको छ । यस संस्थाले सुभाष स्मृति प्रतिष्ठानका कार्यक्रमहरूलाई पनि सघाइरहेको छ । २०७५ सालको सामाजिक जागरण सम्मान सुभाष स्मृति प्रतिष्ठानलाई प्रदान गरेकोमा संस्थाको अध्यक्षका नाताले सबै पदाधिकारी र सदस्यहरूका तर्फबाट म शब्दयात्रा प्रकाशनलाई हार्दिक आभार व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशनले अनेक प्रकारका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । पछि पनि थपिँदै जालान् । कुनै दिन हाम्रा दुवै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्ने अवसर पनि आउन सक्ला । त्यस्ता खालका कुनै पनि कार्यक्रम गर्न ठाउँ चाहिन्छ । हामीसँग पनौती बजारको नजिकै एक रोपनी जग्गा छ र त्यसभित्र दुईतले घर पनि बनेको छ । त्यहाँ कार्यक्रम गर्नका लागि पर्याप्त ठाउँ पुग्छ । शब्दयात्रा प्रकाशनका लागि त्यो जग्गा र घर कुनै पनि कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्छ भने हामी निःशुल्क उपलब्ध गराउन तयार छौँ । शब्दयात्रा प्रकाशनले त्यो घरजग्गा आवश्यक परेको समयसम्म निःशुल्क भोग गर्न सक्छ । त्यसैले शब्दयात्रा प्रकाशनले पनौतीबाट पनि कुनै कार्यक्रम सञ्चालन गर्न थालोस् भन्ने आग्रह गर्दछु । (२०७५ जेठ ३१ गते सम्पन्न शब्दयात्रा प्रकाशनको कायक्रममा अभिव्यक्त मन्तव्य)