शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा झैँ आगामी भदौ महिनामा पनि २०७४ सालका लागि आध्यात्मिक पत्रकारिता सम्मान, साहित्यिक पत्रिका सम्मान, फोटो पत्रकारिता सम्मान र नेपालभूमि स्तम्भकार सम्मान समर्पण गरिने भएकाले कारणसहित उपयुक्त व्यक्ति, संस्था वा पत्रिकाको नाउँ सिफारिस गरी शब्दयात्रा प्रकाशनको ठेगानामा पठाइदिन सम्पूर्ण पाठकवर्गमा अनुरोध गरेको छ ।
सम्मान गर्दा हरेक सम्मानमा ५ हजार रुपियाँ, किरीट, अभिवन्दनापत्र र उपहार समर्पण गर्ने गरिन्छ । गत वर्ष ती सम्मानहरूबाट ‘गौरी’ आध्यात्मिक पत्रिका, ‘गुगुल्डी’ साहित्यिक पत्रिका, मङ्गलमोहन श्रेष्ठ र प्रा. डा. गोपाल शिवाकोटीलाई सम्मान गरिएको थियो ।