Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

नीरा अधिकारीलाई ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक महिला प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत दृष्टिविहीन उपसचिव नीरा अधिकारी (ललितपुर) लाई २०८३ सालको ‘शब्दयात्रा उर्मिला श्रेष्ठ...
HomeActivitiesसालिकका लागि आर्थिक सहयोग

सालिकका लागि आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले नेपालका चारजना अग्रज शब्दसाधकहरूको सालिक बनेपाको ‘कृष्ण–गीता परिसरमा’ स्थापना गर्न लागेकोमा त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढ्दै गएको छ ।
सालिकको स्थापना गर्नका लागि काभ्रे बनेपाका समाजसेवी हरिभक्त भोछिभोयाले पाँच हजार एक सय रुपियाँ, काठमाडौँ पेप्सिकोलाकी शेषा श्रेष्ठ कर्माचार्यले पाँच हजार एक सय पाँच रुपियाँ, काठमाडौँ महाराजगञ्जका विक्रम श्रेष्ठले पाँच हजार एक सय पाँच रुपियाँ, काठमाडौँ महाराजगञ्जकै सफू श्रेष्ठले पाँच हजार एक सय पाँच रुपियाँ, भक्तपुर ठिमीका समाजसेवी नारायणप्रसाद वैद्यले पाँच हजार पाँच सय पाँच रुपियाँ र काठमाडौँ गोकर्णेश्वरका तीर्थराज अधिकारीले एक हजार एक सय एघार रुपियाँ आर्थिक सहयोग गर्नुभएको छ । यसै गरी भोजपुर देउरालीका लेखक द्रोणप्रसाद श्रेष्ठले पहिले एघार हजार एक सय एघार रुपियाँ सहयोग गर्नुभएकोमा पछि नौ हजार चार सय चौध रुपियाँ थप गरेर बीस हजार पाँच सय पच्चीस रुपियाँ सहयोग गर्नुभएको छ ।
सालिकका लागि अन्य थुप्रै महानुभावहरूबाट आर्थिक सहयोगका लागि आश्वासन प्राप्त भएको छ ।
स्मरणीय छ — नेपालका प्रथम शिक्षासेवी बालागुरु षडानन्द, स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङ, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र प्रथम लोकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटाको सालिक शब्दयात्रा प्रकाशनले काभ्रे जिल्लाको बनेपामा स्थापना गर्न लागेको हो । यी चारै विधाका शीर्ष व्यक्तित्वको सालिक एकै ठाउँमा स्थापना गर्न लागिएको यो पहिलोपटक हो ।