Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

गीता अधिकारीले झोला पनि दिनुभो

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य गीता अधिकारीले शब्दयात्रा प्रकाशनका लागि संस्थाको नाम, विशेषता र प्रतीकचिह्न अङ्कित ठूलो आकारका एक सय तीस थान झोलाहरू उपलब्ध गराउनुभएको...
HomeActivitiesनारीस्रष्टा समाजले प्रशिक्षण चलाउने

नारीस्रष्टा समाजले प्रशिक्षण चलाउने

शब्दयात्रा नारीस्रष्टा समाजले साहित्यका विभिन्न विधाहरूका विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । समाजका सभापति पुण्यवती घलेको अध्यक्षतामा शब्दयात्रा प्रकाशनको कार्यालयमा गत २०७४ साल असार ९ गते शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले विभिन्न व्यक्तिहरूको जन्मजयन्तीमा तत्सम्बन्धी विशेष कार्यक्रमहरू गर्ने र ‘अक्षरधाम’ साहित्यिक पत्रिकाको व्यवस्थापन नारीस्रष्टा समाजबाट गर्ने गरी शब्दयात्रा प्रकाशनसँग आग्रह गर्ने निर्णय पनि गरेको जानकारी चण्डिका वाग्लेले दिनुभएको छ ।
शब्दयात्रा नारीस्रष्टा समाजमा हाल पुण्यवती घले, भवानी पाण्डे, चण्डिका वाग्ले, गीता अधिकारी, सजना आचार्य आदि नारीस्रष्टाहरू सक्रिय हुनुहुन्छ ।