प्रा. डा. श्री सुरेन्द्र केसी

नेपालको राष्ट्रियता सबल बनाउनका लागि जनतामा राष्ट्रिय स्वाभिमान जगाउन र बढाउन, राजनीतिक दलहरूलाई जनतामुखी बनाउन र सबैलाई कर्तव्यपथमा लागिरहनका लागि उत्प्रेरित गराइरहन प्रवचन, लेखन, प्रकाशन आदिका माध्यमबाट अहोरात्र लागिपर्नुभएका प्रा. डा. श्री सुरेन्द्र केसी (ताप्लेजुङ) लाई श्री कृष्णहरि मैनालीद्वारा व्यवस्थापित शब्दयात्रा राष्ट्रझङ्कार सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

प्रा. श्री लालानाथ सुवेदी

कवि नन्दिकेश्वर अधिकारीको वंशका वाङ्मयसेवीहरूका साथै प्रथम शिक्षासेवी आबाल ब्रह्मचारी षडानन्द अधिकारीका विषयमा विशेष अन्वेषण–अनुसन्धान, प्रचारप्रसार तथा प्रकाशन आदिका लागि सक्रिय रहनुभएकोमा वाङ्मयसेवी प्रा. श्री लालानाथ सुवेदी (भोजपुर) लाई श्रीमती गीता मञ्जुश्री अधिकारीद्वारा व्यवस्थापित शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

डा. श्री हेमराज काफ्ले

शब्दयात्रा प्रकाशनबाट २०७५ सालमा प्रकाशित १९ वटा कृतिहरूमध्ये पाठकमतका आधारमा चयन समितिबाट उत्कृष्ट मौलिक सिर्जना ठहर गरिएको ‘अक्षरहरूको बिस्कुन’ नामक कवितासङ्ग्रहका कवि डा. श्री हेमराज काफ्ले (मोरङ) लाई उक्त कृतिका लागि श्री कल्याण लम्सालद्वारा व्यवस्थापित शब्दयात्रा सिर्जना सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

श्री हरिविनोद अधिकारी

लामो समयसम्म शिक्षण सेवा गरी आफूले सेवा गरेका शिक्षालयहरूको स्थायीत्व तथा शैक्षिक गुणस्तर बृद्धिका लागि अनवरत प्रयत्न गर्नुका साथै पत्रकारिताका माध्यमबाट जनचेतना बढाउन अहम् भूमिका पनि निर्वाह गर्नुभएकोमा श्री हरिविनोद अधिकारी (सिन्धुली) लाई सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा शिक्षक सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

श्रीमती नवीना श्रेष्ठ

लामो समयसम्म नेपालको बैङ्किङ क्षेत्रमा प्रबन्धक बनी प्रशासनिक जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी साहित्यसेवीको समेत परिचय कायम गराएर अनुकरणीय महिला बन्न सफल हुनुभएकोमा श्रीमती नवीना श्रेष्ठ (ललितपुर) लाई श्रीमती उर्मिला श्रेष्ठ ‘भोजपुरे’ द्वारा व्यवस्थापित शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

बाबा विश्वनाथ

नेपालका विभिन्न स्थानहरूमा धार्मिक यज्ञ, सत्सङ्ग शिविर, मन्दिर–निर्माण, आध्यात्मिक प्रवचन, नैतिक शिक्षाको प्रसार आदिका माध्यमबाट नेपाली समाजलाई आत्मिक र बौद्धिक रूपमा सचेत र जाग्रत बनाई सामाजिक जागरण गराउनुभएकोमा बाबा विश्वनाथ (सिन्धुपाल्चोक) लाई श्री आनन्दराज श्रेष्ठद्वारा व्यवस्थापित शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गरिएको हो ।

 

शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति, २०७६ पाउने छात्रा
रन्जिता उप्रेती, काभ्रे भुम्लुटारकी छात्रा । काभ्रे बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत । छात्रवृत्तिको राशी रु. १०,०००।–

सुदर्शन थापालाई आभारपत्र
शब्दयात्रा प्रकाशनद्वारा बनेपामा स्थापना गरिएका पाँचजना शब्दसाधकहरू नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारी, प्रथम लाकतान्त्रिक पत्रकार देवीप्रसाद सापकोटा, राष्ट्रिय पुरस्कारप्राप्त प्रथम वैज्ञानिक नरबहादुर भारती, प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र गीत स्वराङ्कन गर्ने प्रथम गायिका मेलवादेवी गुरुङको सालिक कुशलतापूर्वक निर्माण गरिदिनुभएकोमा सालिक–कलाकार श्री सुदर्शन थापालाई आभारपत्र प्रदान गरिएको छ र भविष्यमा पनि उहाँबाट यस्तै सहयोगको अपेक्षा गरिएको छ ।

आजको कार्यक्रमका प्रमुख अतिथि
प्रा. डा. वासुदेव त्रिपाठी ः अग्रज समालोचक ।

आजको कार्यक्रमका विशेष अतिथि
भरत जङ्गम ः भ्रष्टाचारविरोधी अभियन्ता ।

सार्वजनिक हुने कृतिका कृतिकारहरू
सहदीप पलान्चोके ः ‘श्रीस्वस्थानी व्रतकथा’ का सङ्कलक । पदम दाहाल ः ‘बादलका तरेलीहरू’ का कवि । हरि मञ्जुश्री ः ‘डा. इन्दुल केसीको चौथो आयाम’ का सम्पादक । साधुराम गिरी ः ‘मान्छे, प्रकृति र भेगन’ का रचनाकार । दामोदर घिमिरे ः ‘बत्तीस कर्मयोद्धा’ का सहलेखक । श्रीधर प्याकुरेल ः ‘भोजप्रबन्ध’ का अनुवादक । गीता मञ्जुश्री ः ‘शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ’ की लेखिका

सम्मानका आर्थिक व्यवस्थापकहरू
कृष्णहरि मैनाली ः राष्ट्रझङ्कार सम्मानका लागि । गीता मञ्जुश्री ः नन्दिकेश्वर अधिकारी शोध सम्मानका लागि । कल्याण लम्साल ः सिर्जना सम्मानका लागि । निर्मलाकुमारी यगोल श्रेष्ठ ः शिक्षक सम्मानका लागि । उर्मिला श्रेष्ठ भोजपुरे ः प्रशासनिक महिला प्रतिभा सम्मानका लागि । आनन्दराज श्रेष्ठ ः हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मानका लागि ।

चयन समितिका सदस्यहरू
संयोजक सविता अर्याल काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । सदस्य रामप्रसाद तिमल्सिना शैक्षिक अभियन्ता हुनुहुन्छ । सदस्य गोविन्दबहादुर खड्का कवि हुनुहुन्छ ।