कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आयोजना गरेको संस्था स्थापनाको रजतवर्षको समापन समारोहमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई ‘कुलचन्द्र कोइराला समाजसेवा समन, २०७६’ बाट सम्मानित गरेको छ । गत २०७६ जेठ १४ गते काठमाडौँमा आयोजित विशेष समारोहमा उहाँलाई प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशी र सभापति नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले माला, खादा, टोपी, दोसल्ला र अभिनन्दनपत्रसहित संयुक्त रूपमा सम्मान गर्नुभएको थियो ।
उहाँका साथमा समाजसेवी दुर्गा घिमिरे, बालसाहित्यकार गोपाल पराजुली, पत्रकार राजेश्वर नेपाली, भाषाविद् डा. चूडामणि बन्धु पनि सम्मानित हुनुभएको थियो भने प्रा. डा. त्रिरत्न मानन्धर कुलचन्द्र कोइराला पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो ।
ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाले स्वागत भाषण, प्रा. डा. कृष्णप्रसाद दाहालले सम्मानित व्यक्तित्वहरूको परिचय र प्रा. डा. विष्णु सापकोटाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा ‘दीपक’ मुखपत्रलाई सार्वजनिक गरिएको थियो ।