पूर्वन्यायाधीश मोहनमणि दाहालले ‘जनआस्था साप्ताहिक’ मा प्रकाशन गराएका आफ्ना पुराना लेख, संस्मरण र राजनीतिक टिप्पणीहरू सङ्कलन गरी तयार पार्नुभएको प्रस्तुत पुस्तक ‘विगतमाथि आलेख’ कृतिकारले जीवनमा भोग्नुपरेका अविस्मरणीय घटना र ती घटनाले राष्ट्रिय जीवनमा पारेको प्रभावको अभिलेखीकरण हो । नेपालको राजनीतिक, न्यायिक र प्रशासनिक क्षेत्रको ऐतिहासिक उत्खनन र अध्ययन गरी शोधप्रबन्ध तयार पार्ने अन्वेषकहरूका लागि यो पुस्तक अत्यन्त उपयोगी बन्नेछ ।