यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘कन्याकुमारी’ महाकाव्यमा २ हजार ३ सय ६१ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास महाकाव्यकारले गर्नुभएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै रूपमा काव्य तयार पारिए पनि त्यसलाई समाजसमक्ष ल्याइदिनुपर्छ भन्ने अभिप्रायले सर्गविभाजन नगरिएको प्रयोगपरक यस महाकाव्यको प्रकाशन गरिएको हो ।