प्रा. सुवास केसीद्वारा लिखित Impressions and Expressions नामक पुस्तक लेखकको पहिलो प्रकाशन हो । अत्यन्त उत्कृष्ट लेखन, साजसज्जा र छपाइ रहेको यस पुस्तकले व्यवस्थापनका साथै दार्शनिक पक्षलाई बढी जोड दिएको छ । मानिसले झिनामसिना मानेका कुराले पनि कति अहम् भूमिका खेलेका हुन्छन् भन्ने कुरा पनि यसले देखाउनेछ । विभिन्न शीर्षकका छोटा–छोटा लेखहरूमा विभक्त यस पुस्तकले आफ्नो देशका लागि आफ्नो क्षेत्र र विधाबाट सकारात्मक योगदान गर्न पाठकवर्गलाई उत्प्रेरित गराउनेछ ।