Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१७८. जून मामा

१७८. जून मामा

‘जून मामा’ कवि हरि कोर्कालीद्वारा लिखित ७५ वटा बालकविताहरूको सङ्ग्रह हो । यसमा किशोरकविताहरू पनि सङ्कलित छन् । बालबालिका र किशोरकिशोरीलाई सदाचारी, नैतिकवान्, समाजप्रेमी, प्रकृतिप्रेमी र राष्ट्रप्रेमी हुन सिकाउने यी कविताहरूले राष्ट्रप्रति गौरव गर्न, स्वाभिमानी बन्न, सत्यपथमा अडिग रहन, श्रमको सम्मान गर्न र प्रकृतिप्रति कृतज्ञ रहन पनि सिकाएका छन् । सुसंस्कृत बनेर सबैसँग मेलमिलाप गरी बस्नुपर्ने व्यावहारिक पाठ पनि यस सङ्ग्रहबाट बालबालिका र किशोरकिशोरीले सिक्न सक्छन् । कविताको प्रस्तुति पनि अचेलका बालबालिका र किशोरकिशोरीले मन पराउने खालको छ । नेपालीभाषी बालसाहित्यिक क्षेत्रका लागि यो पुस्तक अर्को उल्लेखयोग्य प्राप्ति बनेको छ ।