शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ‘साहित्यिक चौतारी नेपाल’ नामक साहित्यिक संस्थाले सल्लाहकारका रूपमा चयन गरेको छ । चारै वेदका नेपाली अनुवादक तिलकप्रसाद लुइँटेल र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई पनि सल्लाहकारमा चयन गरिएको छ ।
‘साहित्यिक चौतारी नेपाल’ नामक संस्थाले नेपाल तथा विदेशमा धेरैवटा शाखाहरू खोलिसकेको छ ।