Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट अर्को रोचक पुस्तक छापिँदै

शब्दयात्रा प्रकाशनबाट अर्को रोचक पुस्तक छापिँदै

सहिद शुक्रराज शास्त्रीको गीति व्यक्तित्व, मेलवादेवी गुरुङको प्रेमकथा, यदुनाथ खनाल र डा. हर्क गुरुङको अध्ययन सन्दर्भ, डा. सुरेशराज शर्माको मातृप्रेम, गणेश रसिकको सङ्घर्षगाथा, सावित्री थापाको भित्री कथा, सूर्यप्रसाद श्रेष्ठको पदोन्नति प्रसङ्ग, फोटो कन्सर्नको कथा, शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामको चर्चा तथा राजा ज्ञानेन्द्र, डा. इन्दुल केसी, मनका श्रेष्ठ र धर्मदेवी श्रेष्ठसँगको संस्मरण आदि समेटिएको पुस्तक शब्दयात्रा प्रकाशनबाट छाप्ने तयारी भइरहेको छ ।
पुस्तकका लेखक द्रोणप्रसाद श्रेष्ठ हुनुहुन्छ । यसअघि पनि शब्दयात्रा प्रकाशनबाट उहाँको पुस्तक ‘केही दृष्टि केही दृष्टिकोण’ प्रकाशन भइसकेको छ । उहाँले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष प्रदान गरिने महिला प्रतिभा सम्मानका लागि आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा सम्मानको आर्थिक व्यवस्थापन गरिदिनुभएको छ भने उहाँले राखिदिनुभएको कोषबाट शब्दयात्रा प्रकाशनले हरेक वर्ष पत्रकारिता विषय पढ्ने काभ्रेली छात्रालाई पत्रकारिता छात्रवृत्ति प्रदान गर्ने गरेको छ ।