Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
Homepublicationsस्वर्गमा पैदल

स्वर्गमा पैदल

स्वर्गमा पैदल

विधा : लेखसङ्ग्रह
कृतिकार : डा. सुरेशराज शर्मा
प्रकाशनकाल : मङ्सिर २०७२
मूल्य : रु. ५००।–
डा. सुरेशराज शर्माले विभिन्न समयमा नेपाली भूभागको पदयात्रा गरी देशदर्शन गर्दाका अनुभव र अनुभूतिहरू समेटेर लेख्नुभएको ‘स्वर्गमा पैदल’ नामक संस्मरणात्मक यात्राकृति मौलिक नेपाली लोकजीवन, लोकसंस्कृति, लोकप्रचलन एवं प्रकृतिसाग स्थानीय जीवन–जीविकाको तादात्म्य देखाउने यात्रासाहित्यको सुललित प्रस्तुति हो । यात्राक्रममा देखापरेका विभिन्न ग्रामीण क्षेत्रका शिक्षा र जनचेतना, स्वास्थ्य र सरसफाई, विकास–निर्माण र भौतिक पूर्वाधार आदिसम्बन्धी मर्मस्पर्शी प्रसङ्गहरू सुन्दर प्रस्तुतिशिल्पबाट यसमा अवतरित भएका छन् । नेपालको विकासका लागि गर्नैपर्ने तर गर्न नसकिएका कार्यहरूको प्रस्तुतिका अतिरिक्त देशलाई आर्थिक रूपमा समृद्ध र सम्भव पक्षमा स्वावलम्बी बनाउन पर्याप्त पूर्वाधारहरू प्रकृतिबाट प्राप्त भए पनि तिनीहरूको सदुपयोग गर्न नसकिएका उदाहरणहरू पढ्दा चर्चित कवितांश ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि’ को स्मरण हुन्छ । प्राकृतिक सौन्दर्यको मनोहारी चित्रण गर्ने क्रममा प्रकृति, मानव–जीवन र पर्यटनलाई लिएर लेखिएका प्रेरक, ज्ञानवद्र्धक र रोमाञ्चक वर्णनहरूसमेत प्रशस्त प्रवाहित भएको यस पुस्तकमा मुलुकलाई सर्वतोमुखी समृद्धि दिलाउन अवलम्बन गर्नुपर्ने मार्गहरूको स्पष्ट अक्षरचित्र पनि पाउन सकिन्छ ।