Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivitiesस्टुडियो निर्माण सम्बन्धी वार्तालाप सम्पन्न

स्टुडियो निर्माण सम्बन्धी वार्तालाप सम्पन्न

शब्दयात्रा प्रकाशनमा रेकर्डिङ स्टुडियो पनि भए हुन्थ्यो भनेर सञ्चारकर्मी मित्र शिव बन्जाराले भन्नुभएको थियो । मलाई त्यस विषयमा अलिकति पनि जानकारी थिएन । त्यसैले कस्तो स्टुडियो कति खर्चमा कसरी बनाउन सकिन्छ भन्ने कुराको प्रारम्भिक जानकारी लिनुपर्ने स्थिति आयो । अभिलेखालय पनि बनाउनै थियो । यस विषयमा मैले काभ्रेपलान्चोक जिल्लाको तिमालमा घर भई अचेल काठमाडौँमा बस्ने प्रिय भाइ सीताराम बडालसँग कुरा चलाएँ । उहाँले मलाई त्यस कार्यमा सहयोग गर्ने वचन दिनुभयो र विद्युतीय माध्यममा अभिलेखलाई सुरक्षित राख्ने तरिका पनि सिकाउनुभयो । त्यसपछि साउन्ड इन्जिनियरिङ विषय अध्ययन गरी साउन्ड डिजाइनरका रूपमा राष्ट्रिय ख्याति आर्जन गर्नुभएका चलचित्रकर्मी प्रदीप उपाध्यायसँग भेट गराउन उहाँले मलाई काठमाडौँको नक्सालमा लैजानुभयो । त्यहाँ प्रदीप उपाध्यायसँग हाम्रो भेटघाट भयो । उहाँले आफ्नै घरको रेकर्डिङ स्टुडियोमा हामीलाई राख्नुभयो । उहाँसँग सौहार्द्रपूर्ण वातावरणमा वार्तालाप भयो । उहाँले करिब एक घन्टासम्म साउन्ड, इफेक्ट, रेकर्डिङ, इडिटिङ, स्टुडियोको बनावट, सामग्री, आर्थिक लगानी आदिका विषयमा मलाई सविस्तार जानकारी दिनुभयो र स्टुडियो देखाएर सञ्चालन गर्नका लागि आवश्यक दक्ष जनशक्तिका विषयमा पनि बताउनुभयो । उहाँका सबै कुरा सुनेपछि शब्दयात्रा प्रकाशनले रेकर्डिङ स्टुडियो बनाउन सकेछ भने अब संस्था ठगिँदैन भन्ने मलाई लाग्यो । यसका लागि प्रदीप उपाध्याय र सीताराम बडालप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

— हरि मञ्जुश्री