Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesगीता केशरीमा सम्मान समर्पण

गीता केशरीमा सम्मान समर्पण

प्रसिद्ध आख्यानकार तथा पूर्वप्रशासक गीता केशरीलाई ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान, २०७८’ समर्पण गरिएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, यसअघि ‘शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान’ प्राप्त गर्नुहुने लेखिका तथा पूर्वप्रशासक सावित्री थापा तथा ‘शब्दयात्रा सिर्जना सम्मान’ प्राप्त गर्नुहुने लेखक भरत जङ्गमले गीता केशरीको निवास काठमाडौँ विशालनगरमा नै गई उहाँलाई संयुक्त रूपमा सम्मान गर्नुभएको हो । उहाँलाई समेत सम्मान समर्पण गर्ने कार्यक्रम गत २०७८ साल चैत १२ गते आयोजना गरिएकोमा त्यस बखत उहाँ शारीरिक अस्वस्थताका कारण समारोहमा उपस्थित हुन सक्नुभएको थिएन । त्यसैले २०७९ साल वैशाख २८ गते उहाँको निवासमै गई रुद्राक्षमाला, उपहार, किरीट, रकम र अभिवन्दनापत्र समर्पण गरिएको हो । त्यस बखत लेखिका तथा चित्रकार इन्दु पन्त पनि उपस्थित हुनुहुन्थ्यो ।