Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivitiesसाधुराम गिरीको जन्मदिवस कार्यक्रम सम्पन्न

साधुराम गिरीको जन्मदिवस कार्यक्रम सम्पन्न

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीको जन्मदिवस कार्यक्रम हिन्दू विधिविधानपूर्वक सम्पन्न गरिएको छ । यही फागुन १८ गते बनेपामा अवस्थित काभ्रेपलान्चोक सम्पर्क केन्द्रको कार्यालयमा उहाँको जन्मदिवस मनाइएको हो । त्यस अवसरमा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले उहाँलाई जन्मदिवसको शुभकामनापत्र प्रदान गर्नुभएको थियो भने शारदाप्रसाद शर्माले रुद्राक्षको माला लगाइदिनुभएको थियो । यसै गरी काभ्रेपलान्चोक सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोकेले साधुराम गिरीका विषयमा आफूले लेखेको कविता वाचन गर्नुभएको थियो । त्यसअघि साधुराम गिरीले दीप, कलश र गणेशका साथै अष्टचिरञ्जीवीको विधिवत पूजा गर्नुभएको थियो । ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा अनुसन्धान समितिका संयोजक डा. इन्दुल केसी, कार्यालय व्यवस्थापक सङ्गीता केसी, चूडाप्रसाद चौलागाईं, शकुन्तला बन्जारा आदिको पनि उपस्थिति रहेको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले शब्दयात्रा प्रकाशनसँग कुनै न कुनै रूपमा सम्बद्ध व्यक्तिहरूको जन्मदिवस हिन्दू विधानअनुसार मनाइदिने गरेको छ ।