कुनै पनि साहित्यकार, पत्रकार र कलाकार आर्थिक सङ्कटका कारणले विपत्तिमा परेको छ भन्ने जानकारी कसैबाट पाएपछि शब्दयात्रा प्रकाशनले यथासम्भव सहयोग गर्ने गरेको छ । त्यसका लागि बैङ्कमा खाता खोलिएको छ । त्यसलाई अक्षरसेवी सहयोग कोष भनिएको छ । त्यस कोषमा विभिन्न महानुभावहरूले सहयोग गर्ने गर्नुभएको छ । आर्थिक सङ्कटमा परेका साहित्यकार, पत्रकार र कलाकारलाई त्यही कोषबाट झिकेर सहयोग गर्ने गरिन्छ । कोषमा भएको रकमका आधारमा न्यूनतम ५ हजार रुपियाँसम्म सहयोग गरिएको छ । त्यस कोषका लागि दोलखाको रुक्मणिराज सिवाकोटी स्मारक कोषका तर्फबाट ५ हजार ५ सय ५५ रुपियाँ प्राप्त भएको छ । त्यो रकम बैङ्कमा रहेको खातामा जम्मा गरिसकिएको छ । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन परिवारका तर्फबाट रुक्मणिराज सिवाकोटी स्मारक कोषप्रति हार्दिक आभार व्यक्त गर्दछु ।