सुनसरी जिल्लाको इटहरीस्थित सरस्वती जब्दी माध्यमिक विद्यालयको अनुरोधमा शब्दयात्रा प्रकाशनले त्यस विद्यालयको पुस्तकालयलाई ३९ थान साहित्यिक पुस्तकहरू सहयोगस्वरूप उपलब्ध गराएको छ । ती पुस्तकहरू शब्दयात्रा प्रकाशनका तर्फबाट दामोदर घिमिरेले हस्तान्तरण गर्नुभएको थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापक दधिराम निरौलाले ग्रहण गर्नुभएको थियो ।