शब्दयात्रा प्रकाशनले २०७६ सालको तेस्रो चरणको सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहको आयोजना आगामी माघ २५ गते शनिबार गर्ने भएको छ । समारोहमा विज्ञान–प्रविधि, महिला प्रतिभा, अनुसन्धान, समालोचना, कविताकाव्य र बालसाहित्य गरी ६ विधामा सम्मानहरू समर्पण गरिनेछन् ।
समारोहमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित केही पुस्तकहरूलाई पनि सार्वजनिक गरिने भएको छ ।