शब्दयात्रा प्रकाशनले कवयित्री सविता शर्माको कवितासङ्ग्रह ‘कवितामा सविता’ प्रकाशित गर्ने भएको छ । सविता शर्माका केही कविताहरू यसअघि ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा पनि प्रकाशित भएका थिए ।
‘कवितामा सविता’ कवितासङ्ग्रहलाई आगामी माघ २५ गते शनिबार आयोजना गरिने कार्यक्रममा सार्वजनिक गरिने भएको छ ।