Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesसम्मानपत्रमा के–के लेखियो ?

सम्मानपत्रमा के–के लेखियो ?

(१)
श्री द्रोणप्रसाद श्रेष्ठद्वारा धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा व्यवस्थापित
शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७६
नेपाललगायत विभिन्न मुलुकहरूमा एकल चित्रकला प्रदर्शनी गर्दै नेपालको अनौपचारिक सांस्कृतिक दूत बनेर नेपाललाई चित्रकलाकारिता क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति दिलाई पछिल्लो पुस्ताका कलाकर्मीहरूका लागि आदर्श र प्रेरक महिला बन्नुहुने श्री रागिनी उपाध्यायज्यूलाई शब्दयात्रा महिला प्रतिभा सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
……………………. ……………… ……………….. ………………………. …………….
द्रोणप्रसाद श्रेष्ठ माधवप्रसाद आचार्य हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक संयोजक : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६

(२)
रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित
शब्दयात्रा विज्ञान–प्रविधि सम्मान, २०७६
विज्ञान–प्रविधिका क्षेत्रमा नेपालमा विशेष अनुसन्धान र गौरवशाली कार्यहरू नभइरहेको अवस्थामा काठमाडौँ विश्वविद्यालयलाई आधार बनाई प्रविधिमुखी अन्वेषण र प्रयोगशालासम्बन्धी कार्यहरू गरेर राष्ट्रोपयोगी कामहरू गर्ने क्रममा उल्लेख्य योगदान गर्नुभएका तपाईं प्रा. डा. भोला थापालाई रामकृष्ण स्मृति प्रतिष्ठानद्वारा व्यवस्थापित शब्दयात्रा विज्ञान–प्रविधि सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
…………………. ……………… ……………….. ………………………. ………………
निर्मला श्रेष्ठ माधवप्रसाद आचार्य हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक संयोजक : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६

(३)
श्री हरिगोपाल प्रधानद्वारा व्यवस्थापित
शब्दयात्रा समालोचना सम्मान, २०७६
नेपाली साहित्यको समालोचना र अनुसन्धान विधामा निरन्तर सक्रिय रही सम्बन्धित विधाका आधिकारिक व्यक्तित्व एवं नेपाली भाषा–साहित्यसँग सम्बन्धित शोधार्थीहरूका लागि प्रेरक र आदर्शका रूपमा सुपरिचित रहनुभएका समालोचक प्रा. राजेन्द्र सुवेदीज्यूलाई शब्दयात्रा समालोचना सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
……………………. ……………… ……………….. ………………………. ………………………
हरिगोपाल प्रधान चूडाप्रसाद चौलागाई हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक सदस्य : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६

(४)
श्री गोपाल पराजुलीद्वारा व्यवस्थापित
शब्दयात्रा बालसाहित्य सम्मान, २०७६
नेपाली साहित्यले बालक–बालिकाको मनोभावनाअनुरूपको बालसाहित्य कमै मात्र प्राप्त गर्न सकेको राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दै विभिन्न विधाका बालसाहित्यिक कृतिहरूको सिर्जनाद्वारा उपयुक्त बालसाहित्यको उदाहरण प्रस्तुत गर्नुहुने बालसाहित्यकार प्रा. रामकुमार पाँडेज्यूलाई शब्दयात्रा बालसाहित्य सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
………………… ……………… ……………….. ………………………. ……………………..
गोपाल पराजुली चूडाप्रसाद चौलागाई हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक सदस्य : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६

(५)
श्री कविप्रसाद प्याकु¥यालद्वारा व्यवस्थापित
शब्दयात्रा कविता–काव्य सम्मान, २०७६
नेपाली काव्यविधाको उन्नयनका लागि समर्पित रहेर वाङ्मयिक अभ्युत्थानार्थ ‘सीतायन’ नामक धारावाहिक महाकाव्यको सिर्जना तथा प्रकाशनका माध्यमबाट काव्यसाहित्यमा अत्युच्च योगदान दिनुभएका महाकाव्यकार डा. रमेशचन्द्र अधिकारीज्यूलाई शब्दयात्रा कविता–काव्य सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
……………………. ……………… ……………….. ………………………. ………………….
कविप्रसाद प्याकु¥याल माधव पराजुली हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक सदस्य : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६

(६)
श्री राजेन्द्र विरहीद्वारा पिता जयदेव अधिकारीको स्मृतिमा व्यवस्थापित
शब्दयात्रा अनुसन्धान सम्मान, २०७६
नेपाली वाङ्मयका विभिन्न क्षेत्रहरूमा अत्यन्त मिहिनेतपूर्वक अध्ययन र गवेषण गर्नुका साथै विविध प्रकारका अन्वेषणात्मक ग्रन्थहरूका माध्यमबाट नेपालको वाङ्मयिक अध्ययनमा महàवपूर्ण योगदान दिनुभएका अनुसन्धाता श्री डिल्लीराम मिश्र ‘श्रमजीवी’ ज्यूलाई शब्दयात्रा अनुसन्धान सम्मान, २०७६ बाट हार्दिकतापूर्वक सम्मानित गर्दै यो अभिवन्दनापत्र समर्पण गर्दछौं ।
……………………. ……………… ……………….. ………………………. ………………..
राजेन्द्र विरही माधव पराजुली हरि मञ्जुश्री प्रा. लालानाथ सुवेदी सावित्री जङ्गम थापा
सम्मान व्यवस्थापक सदस्य : चयन समिति अध्यक्ष : शब्दयात्रा प्रकाशन सभापति : सम्मान समारोह प्रमुख अतिथि
दिनाङ्क : शनिबार, २५ माघ २०७६