Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसम्मानको निर्णय यसरी गरियो

सम्मानको निर्णय यसरी गरियो

शब्दयात्रा प्रकाशनले हरेक वर्षको माघ महिनामा समर्पण गर्ने गरेको महिला प्रतिभा सम्मान, विज्ञान–प्रविधि सम्मान, समालोचना सम्मान, बालसाहित्य सम्मान, कविता–काव्य सम्मान र अनुसन्धान सम्मानका लागि एक महिनाभित्र उपयुक्त व्यक्ति तथा संस्थाको नाउँ प्रस्ताव गरी पठाउन गत मङ्सिर महिनामा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाबाट सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यो आह्वानपछि विभिन्न व्यक्तिहरूले केही नाउँहरू शब्दयात्रा प्रकाशनलाई उपलब्ध गराउनुभएको थियो ।
त्यसपछि शब्दयात्रा प्रकाशनले म माधवप्रसाद आचार्यको संयोजकत्वमा चूडाप्रसाद चौलागाईं र माधव पराजुली सदस्य रहेको सम्मान्य व्यक्तित्व चयन समिति बनायो । हामीलाई चयन समितिमा मनोनयन गरेकोमा शब्दयात्रा प्रकाशनलाई हामी धन्यवाद दिन चाहन्छौँ ।
यस्ता व्यक्तित्वलाई सम्मान गर्नुपर्छ भनेर जनसाधारणबाट प्रस्ताव गरिएका नाउँहरूमध्ये सम्बन्धित विधाका प्रतिभाहरूको नाउँ शब्दयात्रा प्रकाशनले हाम्रो समितिलाई उपलब्ध गराएको थियो । ती नाउँमध्येबाट हामीले हरेक विधाका लागि एक–एकजनाको नाउँ चयन ग¥यौँ । चयन गर्दा जनसाधारणको प्रतिक्रियालाई विशेष प्राथमिकता दियौँ र उमेर, विधागत योगदान र कृति–सिर्जनालाई पनि ध्यान दियौँ । त्यसपछि सम्मान समर्पण गर्नका लागि सम्बन्धित व्यक्तिको नाउँ सर्वसम्मत निर्णयबाट सिफारिस ग¥यौँ । अनि संस्थाले उहाँहरूलाई सम्मान गर्ने घोषणा ग¥यो । आज उहाँहरू सम्मानित हुन लाग्नुभएको छ । हाम्रो निर्णयअनुसार सम्मान ग्रहण गर्न स्वीकृति दिनुभएकोमा चित्रकलाकार रागिनी उपाध्याय ग्रेला, प्रविधिविज्ञ प्रा. डा. भोला थापा, समालोचक प्रा. राजेन्द्र सुवेदी, बालसाहित्यकार प्रा. रामकुमार पाँडे, महाकाव्यकार डा. रमेशचन्द्र अधिकारी र अनुसन्धाता डिल्लीराम मिश्र ‘श्रमजीवी’ प्रति चयन समितिका तर्फबाट म आभार व्यक्त गर्दछु र जनसाधारणमा प्रिय देखिनुभएकोमा उहाँहरू सबैलाई हार्दिक बधाई पनि अर्पण गर्दछु ।
यो सम्मानलाई आआफ्नोे विधामा प्राप्त भएको जनप्रियताका आधारमा काभ्रे जिल्लाको जनस्तरबाट समर्पित राष्ट्रिय सम्मानका रूपमा बुझिदिन हामी हार्दिक अनुरोध गर्दछौँ ।
आज सम्मानित हुने महानुभावहरूको चिनारी र योगदानको विवरण शब्दयात्रा प्रकाशनबाट प्रकाशित ‘नेपालभूमि साप्ताहिक’ को गत मङ्गलबारको अङ्कमा छापिएको छ । त्यो पत्रिका यहाँ वितरण गरिसकिएको छ । त्यसैले उहाँहरूका विषयमा विशेष जानकारी त्यसै पत्रिकाबाट लिन अनुरोध गर्दछु ।
शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा प्रजापति तिमिल्सिनाद्वारा लिखित ‘विधवा वासना’ उपन्यास, सविता शर्माद्वारा लिखित ‘कवितामा सविता’ कवितासङ्ग्रह, श्रीधर प्याकुरेलद्वारा अनूदित ‘पञ्चतन्त्र’, निर्मला श्रेष्ठद्वारा लिखित ‘आफू अरूका लागि’ स्मृतिनिबन्ध र पुण्यवती घलेद्वारा सम्पादित ‘पच्चीस कृति र कृतिकार’ परिचयसङ्ग्रह आजैको कार्यक्रमदेखि पाठकवर्गको हातमा पुग्न लागेकाले उहाँहरूलाई पनि चयन समितिका तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछु ।

(चयन समितिका तर्फबाट अभिव्यक्त मन्तव्यबाट)