शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ काभ्रे बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत छात्रा सुजाता तिमल्सिनालाई प्रदान गर्ने भएको छ । काभ्रे बहुमुखी क्याम्पसबाट प्राप्त भएको सिफारिसका आधारमा उहाँलाई छात्रवृत्ति प्रदान गरिने भएको हो । छात्रवृत्तिको रकम १० हजार रुपियाँ रहेको छ ।
काभ्रेपलान्चोक जिल्लामा पत्रकारिता विषय अध्ययन गर्ने यसै जिल्लावासी गरिब तथा जेहेन्दार एक छात्रालाई शब्दयात्रा प्रकाशनले हरेक वर्ष १० हजार रुपियाँ राशीको पत्रकारिता छात्रवृत्ति प्रदान गर्दै आएको छ । लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले दिवङ्गत धर्मपत्नी मनका श्रेष्ठको स्मृतिमा राखेको अक्षयकोषको ब्याजबाट उक्त छात्रवृत्ति प्रदान गर्ने गरिएको हो ।