शब्दयात्रा प्रकाशनद्वारा बनेपामा संस्थापित शब्दसाधक तीर्थमा काभ्रेपलान्चोक जिल्लाका प्रसिद्ध शिक्षासेवीहरू रामप्रसाद अधिकारी, माधवप्रसाद आचार्य, लोकेन्द्र ढकाल, पूर्णबहादुर कर्माचार्य, ऋषिराम दाहाल, देवीप्रसाद ढुङ्गाना आदि एकैसाथ पुग्नुभयो र नेपालका प्रथम शिक्षासेवी षडानन्द अधिकारीको सालिकका अगाडि उभिई तस्बिर खिच्नुभयो । उहाँहरूले त्यहीँ बसेर शैक्षिक विमर्श पनि गर्नुभयो । त्यस बेला शब्दसाधक तीर्थको परिकल्पना गरी त्यसलाई कार्यरूप दिने व्यक्तिको नाताले शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री पनि उपस्थित हुनुहुन्थ्यो ।