शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ मा यो साता शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिक्षासेवी तथा लेखक लोकेन्द्र ढकालले प्रवचन गर्नुभयो । उहाँले गत साता नेपालमा पनि युवा पुस्ताका केही व्यक्तिहरूले मानेको भ्यालेन्टाइन डे र हिन्दू संस्कृतिका अन्य विषयहरूमा बोल्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रम विद्युतीय माध्यममा भएको थियो । कार्यक्रममा प्रवचनमाथिको टिप्पणी कवि पदम दाहालले गर्नुभएको थियो भने अन्तरसंवादमा डा. इन्दुल केसी, शिव बन्जारा, जीवनाथ अधिकारी र सहदीप पलान्चोके सहभागी हुनुभएको थियो ।