Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्राबाट सिफारिस आह्वान

शब्दयात्रा प्रकाशनबाट हरेक वर्षको जेठ महिनामा समर्पण गर्ने सम्मानहरू २०७३ साल जेठमा पनि समर्पण गरिने भएकाले सम्मानयोग्य व्यक्ति वा संस्थाको नाउँ कारणसहित आगामी वैशाख १५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन शब्दयात्रा प्रकाशनले सबैमा अनुरोध गरेको छ ।
जेठ महिनाको दोस्रा साता समर्पण गरिने प्रशासनिक महिला प्रतिभा सम्मानका लागि सचिवदेखि शाखा अधिकृतसम्मको प्रशासनिक कर्मचारी भएर पनि अर्को कुनै विधामा दक्षता देखाइसकेकी महिला हुनुपर्ने, राष्ट्रिय गजल सम्मानका लागि गजल विधाका लागि उत्कृष्ट योगदान पु¥याएको हुनुपर्ने, शब्दयात्रा सिर्जना सम्मानका लागि २०७२ सालभरिमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित १७ वटा पुस्तकहरूमध्ये सर्वोत्तम लागेको हुनुपर्ने र शोध सम्मानका लागि कवि नन्दिकेश्वर अधिकारी वा उनका वंशज लेखकका विषयमा शोध गरेको हुनुपर्ने कुरा शब्दयात्रा प्रकाशनले जनाएको छ ।
उल्लिखित सम्मानहरू गत वर्ष शैलजा रेग्मी भट्टराई, बूँद राना, अनन्त कोइराला र गोपाल पराजुली सम्मानित भएका थिए । ती सम्मानहरूको आर्थिक व्यवस्थापन उर्मिला श्रेष्ठ भोजपुरे, रुक्मिणी सिग्देल, कल्याण लम्साल र गीता मञ्जुश्रीले गर्नुभएको छ ।