Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सारस्वत सम्मान र कृषि सम्मान समर्पण

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक ओतबहादुर खड्काले आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ दृष्टिविहीन...
HomeActivities‘शब्दसंवाद’ मा रमा दाहाल

‘शब्दसंवाद’ मा रमा दाहाल

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७१ औँ शृङ्खला गत २०७५ पुस २० गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख वक्ताका रूपमा कान्तिपुर टेलिभिजनसँग आबद्ध पत्रकार रमा दाहाल प्रस्तुत हुनुभयो । उहाँले आफ्नो जीवन–सङ्घर्षका बारेमा उल्लेख गर्दै परिवारमा बालबालिकालाई दिन सकिने व्यावहारिक शिक्षाका विषयमा प्रवचन गर्नुभएको थियो । शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्काको सभापतित्व र समाजसेवी छविलाल कुइँकेलको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, ‘नेपालभूमि राष्ट्रिय साप्ताहिक’ पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, कवि रोजनाथ लुइँटेल तथा नानुदेवी कुइँकेल, नवराज पराजुली, पुरुषोत्तम हुमागाईं, दण्डपाणि अधिकारी, मदन स्याङ्तान, रमेश सापकोटा, मञ्जु सापकोटा, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।