शब्दयात्रा प्रकाशनले ११३ औँ प्रकाशनपुष्पका रूपमा ‘चाणक्यनीति’ को काव्यानुवाद प्रस्तुत गर्ने भएको छ । आचार्य विष्णुगुप्त चाणक्यद्वारा संस्कृत भाषामा लिखित ‘चाणक्यनीति’ अत्यन्त प्रसिद्ध नीतिपुस्तक हो ।
संस्कृत भाषाबाट श्रीधर प्याकुरेलद्वारा अनुवाद गरिएको उक्त पुस्तकलाई आगामी माघ महिनामा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिने भएको छ ।