Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर बनाउने

शब्दयात्रा प्रकाशनले सरस्वतीको मन्दिर बनाउने

शब्दयात्रा प्रकाशनले बनेपामा सरस्वतीको मन्दिर बनाउने भएको छ । त्यसका लागि नीलकण्ठेश्वरधाम संरक्षण समितिले जग्गा उपलब्ध गराउने भएको छ भने वीरशैवभास्कर भरतमणि जङ्गम शिवाचार्यले सरस्वतीको मूर्ति उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।
सरस्वतीको मन्दिर निर्माण गर्न इन्दिरा जङ्गम (बानेश्वर, काठमाडौँ) का तर्फबाट ११ हजार र आशादेवी श्रेष्ठ (सानेपा, ललितपुर) का तर्फबाट १० हजार रुपियाँ प्राप्त भइसकेको छ ।
आगामी २०७५ माघ २७ गते श्रीपञ्चमीका दिन सरस्वतीको मन्दिर समुद्घाटन गर्ने लक्ष्य राखिएको हुनाले त्यसैअनुसार निर्माणकार्य अघि बढाइएको छ ।