शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खला गत २०७५ माघ १८ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त कार्यक्रमको प्रमुख वक्ता शिक्षासेवी, समाजसेवी तथा सहकारीकर्मी निर्मला श्रेष्ठ हुनुहुन्थ्यो भने नवराज पराजुलीको सभापतित्व र व्यवस्थापनविद् श्री शर्मा मूर्खको प्रमुख आतिथ्यमा ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, शब्दयात्रा कलाकार समाजका सल्लाहकार मच्छेश्वर सापकोटा, शब्दयात्रा लेखक समाजका संयोजक ओतबहादुर खड्का, शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे, लेखकहरू डा. इन्दुल केसी र केदारनाथ तिमल्सिना, ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका सम्पादक रोशन मञ्जुश्री अधिकारी, स्तम्भकार सहदीप पलान्चोके, समाजसेवी छविलाल कुइँकेल, व्यवसायी सहदेव श्रेष्ठ, लक्ष्मी पौडेल, खुदकुमार दाहाल, रीक्षा घिमिरे आदिको समुपस्थिति रहेको थियो ।