नेपालका ख्यातिप्राप्त बौद्धिक व्यक्तित्वहरूले शब्दयात्रा प्रकाशनलाई लिखित रूपमा शुभकामना र सन्देशहरू उपलब्ध गराउनुभएको छ । उहाँहरूबाट प्राप्त भएका शुभकामना र सन्देशहरू हामी बेलाबेलामा वाचन गर्नेछौँ । आजको कार्यक्रममा १० जनाले लेख्नुभएका शुभकामना सन्देशहरू वाचन गर्नेछौँ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशन मर्यादित होस् । म शब्दयात्रा प्रकाशनको उत्तरोत्तर अभिवृद्धिको हार्दिक मङ्गलमय शुभकामना अभिव्यक्त गर्दछु । शब्दयात्रा प्रकाशन नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको उन्नयनतर्फ अग्रसर होस् । राष्ट्रः धारयेत् ध्रुवम् । वयं राष्ट्र जागृयामः पुरोहिता ।
शिक्षाविद् डा. मनप्रसाद वाग्लेले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनको नामबाटै यसको अर्थ बुझ्न सकिन्छ । सबै कुराको आ–आफ्नो अर्थ त हुन्छ नै तर शब्दयात्राभित्र शब्दको यात्रा भन्ने अर्थले एउटा छुट्टै स्थान बनाएको छ । कमलजीवीहरूको यो एउटा यस्तो मञ्च हो जहाँ लेखक, कवि, समालोचक एवं शब्दका अन्य पारखीको समेत सम्मान हुन्छ । पुस्तक प्रकाशनदेखि अनवरत रुपमा आफ्नो सेवामा इमानदारीपूर्वक सेवा गर्नेहरूको सम्मान गर्ने क्रियाकलापमा व्यस्त छ शब्दयात्रा प्रकाशन । स्थापना कालदेखि २०७७ पौषसम्ममा १५० पुस्तक प्रकाशन गर्नु र नेपाली साहित्य र वाङ्मयको सम्बर्धन गर्नु ठट्टाको कुरा भएन । यसमा समय, अर्थ र विचारको लगानी प्रशस्त भएको छ र यसले नेपाली भाषाको सम्बद्र्धनमा विशिष्ट योगदान गरिरहेछ । अक्षरधाम साहित्यिक पत्रिका शब्दयात्रा प्रकाशनको अर्को विशेषता मान्न सकिन्छ । यो पत्रिकाको प्रकाशनबाट पाठकहरू त लाभान्वित हुने नै भए, त्यसको अतिरिक्त साहित्य प्रवर्धनमा समेत यसको योगदान अनुकरणीय मान्न सकिन्छ । आपतकालीन अवस्थामा लेखकको सहयोगार्थ स्थापना गरिएको ‘सहयोग कोष’ यसको अर्को महत्वपूर्ण पाटो हो । सहयोग कोष स्थापनार्थ चालिएका कदम र प्रक्रिया हेर्दा यो पारदर्शी देखिन्छ । निःस्वार्थ  भावले सञ्चालन भएको शब्दयात्रा प्रकाशनको सकारात्मक चिन्तन यहाँनेर उल्लेख्य मान्नुपर्दछ । संस्था ठूलो भएर उन्नति हुने होइन । ‘सानो नै राम्रो’ भन्ने सिद्धान्तमा अडिग भई शब्दयात्रा प्रकाशनले आफ्नो गन्तव्य अझ सूक्ष्म रुपमा पहिचान गरोस् । तथापि सङ्घीय, प्रादेशिक र स्थानीय स्तरका ‘शब्दयात्रा’ लाई एउटै मालामा उनेर भाषागत, साहित्यगत र विभिन्न विधागत क्षेत्रमा अग्रसर हुँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।
गुञ्जन साहित्य संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकले लेख्नुभएको छ — साहित्य समाजको ऐना हो । समाजमा भएका कुरीतिहरू, भेदभावका विभिन्न गतिविभिहरूलाई शब्दरुपी घेरामा बुन्दै–बुन्दै पाठकको मन छुने गरी दर्शाउन सक्नु नै साहित्यकारको कुशल लेखन हो भन्ने म ठान्छु । सिद्धहस्त लेखको कलमलाई सम्मान गर्न शब्दयात्रा प्रकाशनले विगत दश वर्षदेखि अनवरत रुपमा महत्वपूर्ण कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष १८ जना विभिन्न विधाका साहित्यकारहरूलाई सम्मान गर्नुका साथै प्रत्येक वर्ष पत्रकारिता पढ्दै गरेका एक महिला र एक अपाङ्ग विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकोमा प्रकाशनलाई साधुवाद दिन चाहन्छु । साथै शब्दयात्रा प्रकाशनले देवी माता सरस्वतीको मन्दिर स्थापना गर्नुका साथै पुस्तकालयको स्थापना समेत गरेकोमा प्रकाशन संस्था चिरकालसम्म जीवित रहने र गौरवमय भएको प्रष्ट नै छ । यसबाट त्यस भेगका समाजलाई ठूलो योगदान पुगेको छ । प्रकाशनले यसरी नै साहित्यको विकासको लागि साहित्यकारहरूको आत्मसम्मान बढाउँदै जाओस् भन्ने शुभकामना दिन चाहन्छु ।
साहित्यकार प्रमोद प्रधानले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनले गर्दै आएका काम एवं गतिविधिहरू हामी सबैका लागि प्रेरणादायी छन् । पुस्तक प्रकाशन, सम्मान एवं पुरस्कार, रेडियो कार्यक्रम सञ्चालन जस्ता कामहरूका अतिरिक्त विभिन्न विशिष्ट व्यक्तित्वहरूको प्रतिमा स्थापना र संरक्षणको कार्यले अरु संस्थाभन्दा यसले बेग्लै र विशिष्ट परिचय बनाएको छ । मलाई शब्दयात्रा प्रकाशनसँग जोडिन पाएकोमा गौरवबोध भएको छ । वास्तवमा यस्ता सिर्जनात्मक कार्यहरूमा लाग्न र सधै सक्रिय भइरहन गाह«ो छ । तथापि हरि मञ्जुश्रीलगायत सम्बद्ध सबैको समर्पण र सक्रियताले मात्र यो सम्भव हुन सकेको हो ।
पहिलो कम्प्युटर इन्जिनियर देवीप्रसाद चापागाईले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनलाई विभिन्न प्रकारको कार्यक्रम सञ्चालन गरेकोमा साधुवाद दिन चाहन्छु । समाजका विविन्न क्षेत्रमा योगदान दिने व्यक्ति चयन गरी सम्मान गर्नु राष्ट्रलाई उन्नतितर्फ लाग्ने प्रयास हो । शब्दयात्रा प्रकाशनको यसरी अनुकरणीय कार्य गरेको छ । म शब्दयात्रा प्रकाशनलाई धन्यवाद दिन्छु ।
ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाले लेख्नुभएको छ — काभ्रे जिल्लामा स्थापित शब्दयात्रा प्रकाशन नेपाली भाषा, साहित्य, संस्कृति र ज्ञान विज्ञानका क्षेत्रमा सेवा पु¥याउने ध्येयले विगत १०–१२ वर्षदेखि कार्यरत सामाजिक संस्था हो । यो संस्था साहित्यकार हरि मञ्जुश्रीको नेतृत्वमा काभ्रे क्षेत्रका उत्साहित साहित्यसेवी मित्रहरूको सवल र सफल प्रयासबाट सञ्चालित हुँदै आएको छ । यस संस्थाका सम्पूर्ण सदस्यहरूको सामुहिक प्रयत्नबाट काभ्रे क्षेत्रमा गहकिला एवं नमुना कार्यहरू हुँदै आएका छन् । तसर्थ म यस शब्दयात्रा प्रकाशनका सम्पूर्ण बन्धुहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँहरूले स्रष्टा एवं राष्ट्रका विभूतिहरूको सालिक निर्माण गर्ने, पुस्तकालय र सङ्ग्रहालय बनाउने, स्रष्टाहरूका महत्वपूर्ण कृति प्रकाशन गर्ने महत्तम कार्य गर्दै आउनुभएको छ । यसको म मुरीमुरी प्रशंसा गर्दछु । त्यस्तै यस संस्थाबाट साप्ताहिक पत्रिका प्रकाशन, अक्षरधाम नामक साहित्यिक पत्रिका प्रकाशन, रेडियो कार्यक्रम सञ्चालन, साहित्यिक वेबसाइड सञ्चालन र राष्ट्रिय स्तरका प्रतिभाहरूको सम्मान गर्ने कार्यक्रमहरू पनि नियमित रुपमा सञ्चालन गर्दै आउनु समाजका लागि महत्वपूर्ण कार्यहरू हुन् । आजको विकसित विज्ञान र प्रविधिलाई आत्मसात गरी साहित्यसेवा, समाजसेवाका अनुकरणीय कार्यलाई सर्वसाधारण जनतामा पु¥याउने, सूसुचित गराउने कार्य यहाँहरूबाट जुन प्रभावकारी रुपमा भएको छ, त्यसको म हृदयदेखि नै प्रशंसा गर्न चाहन्छु । तपाईहरूको सकृयता र लगनशिलतामा अझ वृद्धि होस् र यस क्षेत्रकै नमुना संस्था बन्न सकोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।
साहित्यिक पत्रकार सरस्वती शर्मा ‘जिज्ञासु’ ले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनको ऐतिहासिक क्रियाकलाप देखेर अत्यन्त हर्षित भएको छु । यो संस्थाले आगामी दिनमा थप साहित्यिक उन्नयन  गर्नेछ भनेर विश्वाससहित हार्दिक शुभकामना अर्पण गर्दछु । विशेषतः हरि मञ्जुश्रीज्यूलाई हार्दिक कृतज्ञता टक्य्राउँछु ।
आख्यानकार प्रजापति तिमिल्सिनाले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशन जन्मेर यहाँसम्म आइपुग्दा कहिले काँडैकाँडामा हिँड्यो होला । कहिले तीखा ढुङ्गाको बगरै बगर पनि हिँड्यो होला । समस्यालाई कुल्चँदै, पहाड छिचोल्दै यहाँसम्म आइपुगेको होला । अब पनि यसका पैतालामा काँडा बिझेर रनस्ता अवरोध भए हटाइदिने हातहरू उत्ति नै जुटुन् । पयर नडगमगाई अनन्त यात्रामा लागिरहोस् । मङ्गलमय शुभकामना ।
शिक्षासेवी सुश्री एक्कुमाया पुनले लेख्नुभएको छ — शब्दयात्रा प्रकाशनलाई मेरो शुभकामना छ । निरन्तर रूपमा आफ्नो लक्ष्य र उद्देश्यमा अटल रही अघि बढ्नको लागि मेरो हृदयदेखि नै कामना गर्दछु ।
मनोक्रान्ति अभियन्ता सिमोन न्यौपानेले लेख्नुभएको छ — हार्दिक धन्यवाद छ है तिमीलाई । तिम्रो आत्मीय आलोकले आज प्रकाशित गरेको छ मलाई । हार्दिक धन्यवाद छ है तिमीलाई । तिमी युगयुग बाँच्नुपर्छ । शब्दयात्राबाटै सही, धारिला सत्यका आयाम साँच्नुपर्छ । शतशत प्रणाम तिम्रो सत्य प्रयासलाई । हार्दिक धन्यवाद छ है तिमीलाई ।