शब्दयात्रा प्रकाशनले दुईजना काभ्रेली पत्रकारलाई २०७७ सालका लागि ‘शब्दयात्रा प्रकाशन हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गरेको छ । नागरिक दैनिकका काभ्रे प्रतिनिधि मधुसूदन गुरागाईं र कामना प्रकाशन समूहका कार्यरत भगवती तिमल्सिनालाई उक्त कदरपत्र प्रदान गरिएको हो ।
शब्दयात्रा प्रकाशनद्वारा आयोजित विशेष कार्यक्रममा पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनालाई कदरपत्रका व्यवस्थापक तथा कार्यक्रमका सभापति हरिगोपाल प्रधानले कदरपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा सम्मानित पत्रकारको चिनारी चयन समितिका संयोजकका रूपबाट शब्दयात्रा प्रकाशनका सदस्य तथा ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले गराउनुभएको थियो ।
सम्मानित पत्रकारद्वय मधुसूदन गुरागाईं र भगवती तिमल्सिनाले शब्दयात्रा प्रकाशनले प्रदान गरेको कदरपत्रले आफूलाई थप ऊर्जा प्राप्त भएको कुरा बताउनुभएको थियो ।
शब्दयात्रा प्रकाशनका संस्थापक सदस्य हरिगोपाल प्रधानले व्यवस्थापन गर्नुभएको उक्त कदरपत्र शब्दयात्रा प्रकाशनले २०७० सालदेखि प्रदान गर्न थालेको हो । यो सम्मानपत्र हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ ।