साहित्यकार तथा गुञ्जन साहित्य संस्थाका अध्यक्ष हिरण्यकुमारी पाठकले आफ्नो सङ्ग्रहमा रहेका १ सय ८० थान साहित्यिक कृतिहरू शब्दयात्रा प्रकाशन पुस्तकालयलाई उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको छ । यसअघि पनि हिरण्यकुमारी पाठकले केही पुस्तकहरू शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपलब्ध गराउनुभएको थियो ।