शब्दयात्रा प्रकाशनमार्फत फेरि अर्को प्रतिमा निर्माण भइरहेको छ । साङ्गीतिक क्षेत्रबाट विश्वकीर्तिमान कायम गरेका एक नेपाली गीतकारको सम्मानस्वरूप प्रतिमाको निर्माण भइरहेको हो । शब्दयात्रा प्रकाशनले जीवित व्यक्तिको प्रतिमा निर्माण गर्न लगाएको यो दोस्रोपटक हो । यसअघि शब्दयात्रा प्रकाशनले धुलिखेलका रूपान्तरक अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठको प्रतिमा निर्माण गरी धुलिखेलमा स्थापना गरेको थियो ।