Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लघुकथा पुरस्कार डा. टीकाराम पोखरेललाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
HomeActivitiesनव कविता वाचन सम्पन्न

नव कविता वाचन सम्पन्न

शब्दयात्रा प्रकाशन र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा नवकविता वाचनको दोस्रो शृङ्खला सम्पन्न भएको छ । डिल्लीराम गौतमको सभापतित्व, लोकमान मास्केको प्रमुख आतिथ्य र हरि मञ्जुश्रीको विशेष आतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा डा. इन्दुल केसी, सुनील सापकोटा, पदम दाहाल, निर्मला श्रेष्ठ, पुण्यवती घले, प्रजापति तिमिल्सिना, राजबाबु श्रेष्ठ सागर, विरजा घिमिरे, विश्वनाथ बराल प्रेम, रमेशकुमार शर्मा, पशुपतिमान प्रधान, विनोदकुमार कोइराला, हरिसुन्दर पोतामा, ढुण्डिराज पोखरेल, कृष्णप्रसाद गौतम आदिले कविता वाचन गर्नुभएको थियो ।