शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा शिक्षासेवी लोकेन्द्र ढकालद्वारा लिखित ‘गोमाको फूलबारी’ नामक पुस्तक शब्दयात्रा प्रकाशनको प्रकाशकत्वमा मुद्रण गर्न थालिएको छ । कृष्णमणि महाराज, मोहन प्रियाचार्य, अमृतराज महाराज, टहलकिशोर महाराज, नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति आदिको शुभकामनासहित गोमा घिमिरेको प्रेरक जीवनगाथा रहेको त्यो पुस्तक १५६ पृष्ठको छ । शब्दयात्रा प्रकाशनको १५६ औँ प्रकाशनपुष्प बनेको त्यस पुस्तकको आर्थिक व्यवस्थापक हेमप्रसाद घिमिरे, यमप्रसाद घिमिरे र झमकप्रसाद घिमिरे हुनुहुन्छ । मोटो गाता भएको त्यस पुस्तकमा २० पृष्ठ रङ्गीन तस्बिरहरू छन् । पुस्तकको मूल्य २५० रुपियाँ राखिएको छ ।