साहित्यकार तथा शिक्षासेवी पशुपतिमान पःमाँले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि नेपाली तथा नेवारी भाषामा प्रकाशित तीन सयभन्दा बढी पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको छ । उहाँले पुस्तकालयमै आयोजित विशेष कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई ती पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको हो ।
हस्तान्तरणपछि बोल्दै पुस्तकदाता पशुपतिमान पःमाँले ती पुस्तक–पत्रिकाहरू राख्नका लागि आफ्ना तर्फबाट छिटै नै काठको दराजसमेत उपलब्ध गराउने वचनबद्धता प्रकट गर्नुभएको छ ।