Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesशब्दयात्राबाट स्तम्भकारलाई उपहार

शब्दयात्राबाट स्तम्भकारलाई उपहार

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकामा २०७५ माघ १५ गतेदेखि २०७६ माघ १४ गतेभित्रका ५० अङ्कमा १० भन्दा बढी लेखरचना उपलब्ध गराउने स्तम्भकारहरूलाई उपहार प्रदान गरियो ।
कार्यक्रमका विशिष्ट अतिथि सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईंले उहाँहरूलाई उपहार प्रदान गर्नुभएको थियो ।
उपहारका रूपमा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा सहदीप पलान्चोकेद्वारा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ पुस्तक प्रदान गरिएको थियो । उपहार प्राप्त गर्नेहरूमा प्रा. पोष चापागाईं, मुकुन्दप्रसाद उपाध्याय, कविप्रसाद प्याकुरेल, पुण्यवती घले, सुनील सापकोटा, पदम दाहाल, रश्मि हुमागाईं, दामोदर घिमिरे, गीता मञ्जुश्री, चूडाप्रसाद चौलागाई, पं. रमेश अधिकारी, गोविन्दबहादुर खड्का, सङ्गीता केसी र शारदाप्रसाद शर्मा हुनुहुन्थ्यो । सहदीप पलान्चोेकेलाई भने नवीना श्रेष्ठद्वारा नेपाल भाषाबाट अनूदित ‘श्रीस्वस्थानी वतकथा’ प्रदान गरिएको थियो ।
समारोहमा उपस्थित हुन नसक्नुभएका डा. गोपाल शिवाकोटी, प्रा. सुरेशराज चालिसे र कृष्णविनोद शर्माका उपहारहरू शारदाप्रसाद शर्माले ग्रहण गरिदिनुभएको थियो ।