Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राका पुस्तक नैमिषारण्यमा सार्वजनिक हुने

शब्दयात्राका पुस्तक नैमिषारण्यमा सार्वजनिक हुने

शब्दयात्रा प्रकाशनबाट प्रकाशित दुई पुस्तक र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिबाट प्रकाशित एक पुस्तक आगामी माघ महिनाको पहिलो साता सार्वजनिक हुने भएका छन् । तीनैवटा पुस्तक नैमिषारण्य क्षेत्रमा हुने विशेष समारोहमा सार्वजनिक गरिनेछन् ।
सार्वजनिक हुन लागेका पुस्तकमा शब्दयात्रा प्रकाशनको ७६ औँ प्रकाशनपुष्प ‘जागनीबोध’ र ७७ औँ प्रकाशनपुष्प ‘नागा बाबा रमेश गिरि’ एवं गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको प्रथम प्रकाशन ‘नैमिषारण्य नेपाल’ रहेका छन् । ‘नागा बाबा रमेश गिरि’ शान्ति सेवा आश्रम र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको सहयोगमा शब्दयात्रा प्रकाशनबाट प्रकाशन भएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सम्पादनमा ती पुस्तकहरू प्रकापशत भएका हुन् ।