Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बालसाहित्य पुरस्कार डा. गणेश भट्टराईलाई

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ बालसाहित्यकार डा. गणेश भट्टराई (इलाम) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
HomeActivities‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ आउँदै

‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ आउँदै

शब्दयात्रा प्रकाशनको ७८ औँ प्रकाशनपुष्पका रूपमा ‘राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल’ नामक पुस्तिका प्रकाशन हुने भएको छ । यो पुस्तिका ‘घटना र विचार साप्ताहिक’ का कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीले लेख्नुभएको हो ।
‘घटना र विचार साप्ताहिक’ मा छापिई इन्टरनेटबाट झन्डै २ लाख ७६ हजार पाठकले पढिसकेको सामग्रीलाई पुस्तिकाका रूपमा पनि प्रकाशन गरिदिने माग बढेकाले शब्दयात्रा प्रकाशनले यसको प्रकाशनसम्बन्धी व्यवस्था मिलाएको हो ।