Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
Homepublicationsविश्वेश्वर

विश्वेश्वर

विश्वेश्वर

विधा : महाकाव्य
कृतिकार : अनन्त कोइराला
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. ४००।–
अनन्त कोइराला । उपन्यासकार । कवि । अब महाकाव्यकार । दुई उपन्यास र एक कवितासङ्ग्रहपछिको चौथो कृति यो महाकाव्य । नाउा ‘विश्वेश्वर’ । शब्दयात्रा प्रकाशनबाट प्रकाशित सौतीसौा पुस्तक । विश्वेश्वरप्रसाद कोइरालाका विषयमा काव्यको रचना गरेका छन् अरूले पनि । त्यसै क्रममा आयो यो पनि । यसपछि आउलान् अरू पनि । जारी रहनुपर्छ यो क्रम । काव्य विधाले बिर्सनु हुादैन बीपीलाई । ‘विश्वेश्वर’ । महाकाव्य । बेग्लै प्रकारको । बेग्लै स्वादको । आफ्नै महत्ताको । मौलिकता बोकेको । महाकाव्यकारको आस्था र श्रद्धाको अनि साधना र समर्पणको पुस्तक–मूर्ति । कल्पनाशीलताभन्दा तथ्यपरकता ज्यादा भएको साहित्य । उत्प्रेरक कृति ।