शब्दयात्रा प्रकाशनले बनेपामा चारजना साधकहरूको सालिक स्थापना गर्न लागेको समाचारबाट हर्षित बनेर त्यसका लागि आर्थिक सहयोग गर्ने दाताहरू जुट्तै हुनुहुन्छ ।
त्यसैअन्तर्गत डा. पुष्पलाल हुमागाईं र लक्ष्मी हुमागाईंबाट ५ हजार १ सय रुपियाँ तथा डा. भास्कर हुमागाईं र रश्मि मञ्जुश्री अधिकारीबाट ५ हजार १ सय रुपियाँ प्राप्त भएको छ ।