शब्दयात्रा प्रकाशनले २०७८ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ प्रा. कोमलवदन मल्ललाई समर्पण गर्ने भएको छ । प्राथमिक बाल शिक्षा कार्यक्रमका माध्यमबाट नेपालको शिक्षा क्षेत्रमा राष्ट्रिय योगदान गर्नुभएकोमा उहाँलाई पुरस्कृत गर्न लागिएको हो । जीवनको लामो समय शिक्षा क्षेत्रलाई समर्पण गर्नुहुने प्रा. कोमलवदन मल्ल हाल अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ ।
‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ पहिलोपटक समर्पण गर्न लागिएको हो । यस पुरस्कारका लागि भ्रष्टाचार निवारण शास्त्रका प्रवर्तक तथा वाङ्मयसेवी भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गर्नुभएको छ ।