शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लामा जन्मेर यसै जिल्लामा पत्रकारिता विषय अध्ययन गर्ने गरिब तथा जेहेन्दार एक छात्रालाई हरेक वर्ष प्रदान गर्ने गरेको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ यस वर्ष २०७८ सालका लागि काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषय लिई स्नातक तह प्रथम वर्षमा अध्ययनरत छात्रा सुश्री रोमिला लुम्बालाई प्रदान गर्ने भएको छ ।
काभ्रे बहुमुखी क्याम्पसले गरेको सिफारिसका आधारमा उहाँलाई शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति प्रदान गरिने भएको हो । यस छात्रवृत्तिका लागि लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठले शब्दयात्रा प्रकाशनमा अक्षयकोषको व्यवस्था गर्नुभएको छ । ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ शब्दयात्रा प्रकाशनले यसअघि दुईपटक प्रदान गरिसकेको छ ।