Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesप्रा. डा. जगदीश वैद्य, प्रा. डा. टङ्कनाथ शर्मा र प्रा. डा. रमेशकुमार...

प्रा. डा. जगदीश वैद्य, प्रा. डा. टङ्कनाथ शर्मा र प्रा. डा. रमेशकुमार मास्केलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले २०७८ सालको शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान राष्ट्रिय समाजसेवी प्रा. डा. जगदीश वैद्य (ललितपुर) लाई समर्पण गर्ने भएको छ । उक्त सम्मानको आर्थिक व्यवस्थापक आनन्दराज श्रेष्ठ हुनुहुन्छ । यसै गरी शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विशेषज्ञ प्रा. डा. टङ्कनाथ शर्मा (कास्की) लाई समर्पण गरिने भएको छ । उक्त सम्मानको आर्थिक व्यवस्थापक रमेश पौड्याल हुनुहुन्छ । यसै गरी शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान हाइड्रोपावरविज्ञ इन्जिनियर प्रा. डा. रमेशकुमार मास्के (मोरङ) लाई समर्पण गरिने भएको छ । उक्त सम्मानको आर्थिक व्यवस्थापक रामकृष्ण स्मृति प्रतिष्ठान रहेको छ । २०७८ सालको पहिलो चरणमा समर्पण गरिने ९ विधाका सम्मानहरूमध्ये अन्य छ विधाका सम्मानहरूको घोषणा यसअघि नै भइसकेको छ ।