शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले थारू जातिका स्वामी मुरलीधरानन्द र लिम्बू जातिका स्वामी आत्मानन्द लिङ्देनका विषयमा प्रवचन गर्नुभयो । सनातन वैदिक विवेचना कार्यक्रमअन्तर्गत हरेक आइतबार बिहान नेपाली सन्तको परिचयात्मक प्रवचन गर्ने क्रममा यसपटक उहाँहरूका विषयमा जानकारी गराउनुभएको हो ।