पुस्तक बिक्रीबाट आएको रकम अक्षरसेवी सहयोग कोषमा राखिने भएकाले स्वेच्छिक मूल्य कायम गरेर पुस्तक किनिदिन शब्दयात्रा प्रकाशनमा आयोजित कार्यक्रममा आग्रह गरिएपछि करिब १५ मिनेटभित्र १० हजार ६५ रुपियाँको पुस्तक बिक्री भएको छ । पुस्तक किनिदिने सम्पूर्ण महानुभावहरूप्रति शब्दयात्रा प्रकाशन हार्दिक आभार व्यक्त गर्दछ ।