शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रममा यसपटक शान्तदिलदास र तामाङ स्वामी पनि भनिने कालिन्चोक बाबाका विषयमा प्रवचन गर्नुभयो । उहाँले हरेक आइतबार बिहान ६ बजेदेखि साढे ६ बजेसम्म सनातन वैदिक विवेचना कार्यक्रममा नेपाली सन्तहरूको परिचय गराउने गर्नुभएको छ । उहाँले प्रस्तुत गर्नुभएको सन्तगाथा यु–ट्युबमा पनि हेर्न र सुन्न सकिन्छ ।