Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesतीन पुस्तकका तीन विशेषता

तीन पुस्तकका तीन विशेषता

सार्वजनिक गरिएका पुस्तकहरूमध्ये तीनवटा पुस्तकका बारेमा चिनारी गराइदिन मलाई आग्रह गरिएको हुनाले म पुस्तककै विषयमा प्रवेश गर्न चाहन्छु ।
पहिलो पुस्तक आध्यात्मिक लेखक ओतबहादुर खड्काद्वारा अनूदित तथा सम्पादित ‘वेद के भन्छ ?’ नामक पुस्तिका हो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय २७ औँ प्रकाशनपुष्प हो । प्रकाशकीय लेख्ता हरि मञ्जुश्रीले यस पुस्तिकाको अध्ययनबाट हजारौँ वर्षपहिलेका हाम्रा पूर्वजहरूको चिन्तन–मननको स्तर कति माथि रहेछ, विश्वकल्याणको उदात्त भावना कसरी जागरण भएको रहेछ, ईश्वरसँग साक्षात्कार र संवाद कसरी हुँदो रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ र हामीले आफूलाई भौतिक विधाका विभिन्न क्षेत्रमा विकसित बनेको मानेर उत्तरआधुनिक भइसकेको ठाने पनि हाम्रा पूर्वजहरूको चिन्तनको स्तरभन्दा हाम्रो चिन्तनको स्तर कति तल रहेछ भनेर पनि स्पष्ट बुझ्न सकिन्छ भनेर लेख्नुभएको छ । जम्मा ४८ पृष्ठको यस पुस्तकको मूल्य ६० रुपियाँ राखिएको छ ।
दोस्रो पुस्तक नवीना श्रेष्ठद्वारा नेपाल भाषाबाट अनूदित तथा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ हो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय २८ औँ प्रकाशनपुष्प हो । ‘प्रकाशकीय’ मा हरि मञ्जुश्रीले लेखेअनुसार यो पुस्तक अहिलेसम्म नेपाली भाषामा प्रकाशन गरिएका ‘श्रीस्वस्थानी व्रतकथा’ भन्दा केही भिन्न देखिन्छ । ‘श्रीस्वस्थानी व्रतकथा’ का प्रायः पुस्तकहरू या त भारतको बनारसबाट छापिएर आएका हुन्थे या तिनै पुस्तकलाई केही परिमार्जित गरेर नेपालबाट छापिएका हुन्थे । यो नेपाल भाषामा प्राप्त ‘थ्यासफू’ का आधारमा साहित्यकार पशुपतिमान पःमाँले नेपाल भाषामा तयार पार्नुभएको ‘श्रीस्वस्थानी व्रतकथा’ र स्व. किलबहादुर भुजी श्रेष्ठले उतार गरी राखेको ‘श्रीस्वस्थानी व्रतकथा’ लाई नेपाली भाषामा अनुवाद गरी दुवै पुस्तकलाई समायोजन गरेर तयार पारिएको हो । त्यसैले यो पुस्तक पढ्दा पाशुपत क्षेत्रको कथा पढेजस्तो लाग्छ र नेपालको मौलिक ‘श्रीस्वस्थानी व्रतकथा’ यही हो भन्न सकिन्छ । जम्मा २ सय ४८ पृष्ठको यस पुस्तकको मूल्य ५०० रुपियाँ राखिएको छ ।
तेस्रो पुस्तक केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको यात्रा नामक यात्रासंस्मरण हो । शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित यो १ सय २९ औँ प्रकाशनपुष्प हो । युरोप महादेशमा पर्ने स्पेन देशका केही सहरहरूमा भ्रमण गर्ने मौका पाएका बेला देखेका, थाहा पाएका र अनुभव गरेका कुराहरूलाई लिपिबद्ध गरी केदारनाथ तिमल्सिनाले तयार पारेको पुस्तिका ‘स्पेनको यात्रा’ मा सरल शैलीमा रोचक घटनाहरू प्रस्तुत भएका छन् । छोटो भए पनि नयाँ जानकारीहरू दिन, थोरै कुरामा धेरै कुराहरू थाहा दिन, अनि स्पेनका केही स्थान, प्राकृतिकता, सामाजिकता, विकास–निर्माण, प्रचलन आदिका विषयमा रोचक ढङ्गमा प्रस्तुत गर्न यो पुस्तिका सफल रहेको छ भनेर ‘प्रकाशकीय’ मा हरि मञ्जुश्रीले लेख्नुभएको छ । जम्मा ४० पृष्ठको यस पुस्तिकाको मूल्य ६० रुपियाँ राखिएको छ ।
आज सार्वजनिक गरिएका यी तीनैवटा पुस्तकले नेपाली समाजमा सकारात्मक छाप छोड्नेछन् भन्ने आशा गर्दै तीनैजना अक्षरसेवीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । (परिचयात्मक टिप्पणीकारका रूपमा अभिव्यक्त मन्तव्यको अंश)